फाइल तस्बिर
बागलुङ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताएका छन्। बागलुङको बुर्तिबाङमा बिहीबार आयोजित जनसंवाद कार्यक्रममा उनले देशलाई निकास दिने विकल्प निर्वाचन भएको बताए।
कतिपय राजनीतिक दलहरूले निर्वाचनका विरुद्ध सर्वदलीय सरकार र संसद् पुन:स्थापनाका कुरा उठाए पनि नेकपाले निर्वाचन नै रोजेको संयोजक दाहालले बताए। गत भदौ २३ र २४ गतेको आन्दोलनलगत्तै आफूहरुले जनतामा जाने विकल्प रोजेको उनको भनाइ थियो।
आगामी निर्वाचनलाई राष्ट्रको रक्षा र स्वाधीनताका पक्षमा उभिने असाधारण अवसरका रूपमा लिनुपर्ने संयोजक दाहालले बताए।
राजनीतिक दल र जनताले २०८४ मा निर्वाचन चाहेको भए पनि अहिलेको निर्वाचन बाध्यात्मक परिस्थिति सिर्जना भएपछि हुन लागेको उनको भनाइ थियो।
प्रकाशित: १ फागुन २०८२ ६:०५ | Friday, February 13, 2026
प्रतिक्रिया



