ललितपुर-३ मा प्रलोपाबाट विष्णुराज खड्काको उम्मेदवारी दर्ता

हिमाल प्रेस ६ माघ २०८२ १६:२८ | Tuesday, January 20, 2026
350
SHARES
ललितपुर-३ मा प्रलोपाबाट विष्णुराज खड्काको उम्मेदवारी दर्ता

ललितपुर- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट विष्णुराज खड्काले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर-३ मा उम्मेदवारी दर्ता गराएका छन्।

आज ललितपुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर खड्काले उम्मेदवारी दर्ता गराएका हुन्। उनी हाल प्रलोपा ललितपुर जिल्लाका प्रमुखका रूपमा कार्यरत छन्।

खड्का नेपाल समाजवादी खेलकुद महासंघका केन्द्रीय अध्यक्ष समेत थिए।

उम्मेदवारी दर्ता कार्यक्रममा प्रलोपा अध्यक्ष दुर्गा सोबलगायत पार्टीका नेताकार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रकाशित: ६ माघ २०८२ १६:२८ | Tuesday, January 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast