सामाजिक सञ्जालमा हल्ला गरेर नेपाल कब्जा गरेको ठान्नेहरूविरुद्ध एक हुनुपर्छ : प्रचण्ड

हिमाल प्रेस १५ पुष २०८२ १६:४६ | Tuesday, December 30, 2025
सामाजिक सञ्जालमा हल्ला गरेर नेपाल कब्जा गरेको ठान्नेहरूविरुद्ध एक हुनुपर्छ : प्रचण्ड नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमा हो-हल्ला गर्नेहरू नै मुक्तिदाता हुन् भन्ने भ्रम परेको बताएका छन्।

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीका नेता केशव रावलको पैदल यात्रा समापन कार्यक्रममा प्रचण्डले दशकौँ लडाइँ गरेर त्याग, तपस्या, विचार र निष्ठाका कीर्तिमान राखेकाहरूलाई बद्नाम गर्दै सामाजिक सञ्जालमा हो–हल्ला गर्नेहरू मुक्तिदाता हुन् भन्ने भ्रम परेको बताएका हुन्।

अहिले विचारविहीन, इतिहासविहीन, त्याग तपस्या बलिदान र निष्ठाविहीनहरूले नेपाल पूरै कब्जा गरिसके भनेको जस्तो गरी सामाजिक सञ्जालमा प्रस्तुत गर्न खोजेको उनले बताए। प्रचण्डले सहर बजारमा गरेजस्तो हल्ला सत्य नभएको र जनतामा अहिले पनि नेकपा र आफूहरूले गरेको पार्टी एकताप्रति सकारात्मक भाव रहेको जस्तो महसुस भएको धारणा राखे। उनले सामाजिक सञ्जालमा रमाएर नेपाल कब्जा गरेको ठान्नेहरुविरुद्ध जनताहरु एक भएर लाग्नुपर्नेमा जोड दिए।

राष्ट्रको झण्डा, कम्युनिष्ट पार्टीको झण्डा र नेपाली कम्युनिष्ट पार्टीको चुनाव चिह्न तारा बोकी रुकुम पूर्वदेखि काठमाडौँसम्म यात्रा गरेका नेकपा नेता केशव रावलले प्रचण्ड र माधव नेपाललाई झण्डा हस्तान्तरण गरेका थिए।

प्रकाशित: १५ पुष २०८२ १६:४६ | Tuesday, December 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast