तीन दिनको अथक प्रयासपछि नेपाली सेनाले मुस्ताङबाट उद्धार गर्‍यो विदेशीसहित १५ पर्यटक

हिमाल प्रेस १४ कार्तिक २०८२ १३:११ | Friday, October 31, 2025
तीन दिनको अथक प्रयासपछि नेपाली सेनाले मुस्ताङबाट उद्धार गर्‍यो विदेशीसहित १५ पर्यटक

काठमाडौँ- मुस्ताङको हिडन भ्याली क्षेत्रमा हिमपातमा फसेका तीन विदेशीसहित १५ जना पर्यटकलाई नेपाली सेनाको उद्धार टोलीले सकुशल उद्धार गरेको छ।

नेपाली सेनाका अनुसार सेनाको उच्च शिखर शिक्षालयबाट खटिएको उद्धार टोलीले तीन दिनसम्मको अथक प्रयासपछि आज करिब ४,९०० मिटर उचाइमा पर्ने बतासेडाँडामा ती पर्यटकहरूलाई फेला पारेको हो।

उद्धारपछि टोलीले उनीहरूको सामान्य स्वास्थ्य परीक्षण गरेको र त्यसपछि सेनाको इन्द्रबक्स गण, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी तथा गैरसैनिक पथप्रदर्शकहरूको संयुक्त टोलीको सहयोगमा जोमसोम ल्याउने तयारी गरेको सेनाले जनाएको छ।

प्रकाशित: १४ कार्तिक २०८२ १३:११ | Friday, October 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast