राजावादीको प्रदर्शनमा प्रहरीले हान्यो अश्रुग्यास

हिमाल प्रेस १५ चैत २०८१ १३:३५ | Friday, March 28, 2025
राजावादीको प्रदर्शनमा प्रहरीले हान्यो अश्रुग्यास राजतन्त्र समर्थकले शुक्रबार काठमाडौँको तीनकुनेमा गरेको प्रदर्शन।

काठमाडौँ- काठमाडौँको तीनकुनेमा राजतन्त्र समर्थक र प्रहरीबीच झडप भएको छ। राजावादीको जुलुस निषेधित क्षेत्र प्रवेश गर्न खोज्दा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।

झडपपछि जुलुस पछाडि हटेको छ। बागमती पुलमा प्रहरीको अवरोध छिचोलेर अगाडि बढ्न खोज्दा अश्रुग्यास प्रहार भएको थियो।

प्रहरीले सभा आयोजना गर्न लागिएको मञ्चमा पनि अश्रुग्यास प्रहार गरेको छ। राजतन्त्र समर्थकहरू नेपाललाई हिन्दु अधिराज्य घोषणा गर्नुपर्ने माग गर्दै सडकमा उत्रिएका हुन्। तीनकुनेमा भेला भएका राजतन्त्रका समर्थकहरूले राजतन्त्र जिन्दावाद, केपी चोर देश छोड, गणतन्त्र मुर्दाबादजस्ता नारा लगाइरहेका छन्।

 

प्रकाशित: १५ चैत २०८१ १३:३५ | Friday, March 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast