मुलुकको समस्या समाधानका लागि शेखरले थाले विज्ञहरूसँग छलफल

हिमाल प्रेस ९ चैत २०८१ २२:०३
24
SHARES
मुलुकको समस्या समाधानका लागि शेखरले थाले विज्ञहरूसँग छलफल

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा‍‌. शेखर कोइराला मुलुकको आन्तरिक राजनीति र भूराजनीतिक चपेटालाई सही ट्र्याकमा ल्याउने भन्दै विज्ञहरुसँग छलफलमा जुटेका छन्। उनी वर्तमान संविधानलाई बचाउने र यसैबाट निकास खोज्ने प्रयत्नमा छन्।

आफू रहेको दललाई समेत आम नागरिकले विश्वास गर्न छोडेको तर नेतृत्वले त्यस्तो अवस्थालाई नजरअन्दाज गरेको भन्दै चिन्तित बन्दै उनी मुलुक बचाउन दलहरुबीच बलियो सहयकार्य आवश्यक रहेको बताएका छन्। नेतृत्वमा रहेकाले जथाभावि बोलेर पनि समस्या निम्त्याएको कोइरालाको धारणा छ।

आमनागरिकले गुनासो मात्रै गरिरहेको अवस्थामा उनले कसरी मुलुकलाई सही ट्र्याकमा ल्याउने भनेर लागि परेका हुन्। मुलुकको पछिल्लो राजति,आर्थिक, भु–राजनीति तथा साँस्कृतिक जस्ता विषयमा केही दिनयता उनी छलफलमा छन्।

यस्तो छलफलको परिपाटी दलभित्रै बनाउनु पर्ने भन्दै आएका उनले यसलाई निरन्तरता दिँदै त्यो प्रक्रियामा जाने पनि बताएका छन्।

सरकारका पूर्वमुख्यसचिव र पूर्वसचिवहरुसँग उनले पछिल्लो राजनीतिक र प्रशासनिक अवस्थाबारेमा छलफल गरेका छन्। नेतालाई दिने सेवा, सरकारी कर्मचारीले निवृत्त भएपछि पनि तत्काल अर्को पद पाउने परिपाटीदेखि भूराजनीतिक विषयसम्म छलफल भएको थियो।

पूर्वकर्मचारी भएका कारण उपस्थितमध्ये एकले सेवा निवृत्तपछि पुनः राज्यमा सेवा गर्न पाउने अवसरलाई राजनीतिज्ञले रोक्न नमिल्ने धारणा दिएका थिए। मुलुक खोक्रो भइसकेको र यसप्रकारको नेतृत्वमा मुलुक नै नचल्ने अवस्था आएकाले केही सोच्न सुझाएका थिए।

आफ्ना कार्यकर्ता र कर्मचारीसँग प्रतिसोध राख्ने प्रधानमन्त्री मुलुकमा रहेकाले कसरी विकास हुन्छ? यो पाटोमा कांग्रेसले ध्यान दिन आवश्यक रहेको सुझाव उपस्थित पूर्वमुख्य सचिव र पूर्वसचिवहरुले दिएका थिए।

त्यस्तै भारतबाट फर्केका परराष्ट्रमन्त्रीले भारतको मनासाय सरकार बदल्ने नरहेको भनेर कस्तो सन्देश दिन खोजेको हो? यसमा दल गम्भीर हुनुपर्ने र यस्ता अभिव्यक्ति दिने आलाकाँचा व्यक्ति संवेदनशील पदमा रहन नहुने सुझाव पनि दिएको छलफलमा सहभागी एक जनाले जानकारी दिए।

मुलुकको कूटनीतिक छवि ह्वात्तै तल झरेको र दुवै छिमेकले समेत नपत्याउने अवस्था आएको बारेमा पनि उनीहरुले सुझाएका थिए। यसमा सरकार अझै गम्भीर हुन सकेको छैन।

छलफलमा कांग्रेस केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी, पूर्वमुख्यसचिव सोमलाल सुवेदी, पूर्वसचिवहरु भानु आचार्य, उमेश मैनाली, देवेन्द्र सिटौला र पुर्णचन्द्र भट्टराई रहेका थिए।

प्रकाशित: ९ चैत २०८१ २२:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast