तेस्रो निटफेस्टमा १२ देशका १७ नाटक देखाइने

हिमाल प्रेस २९ फागुन २०८१ १६:३३
32
SHARES
तेस्रो निटफेस्टमा १२ देशका १७ नाटक देखाइने

काठमाडौँ- नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) तेस्रो संस्करणमा १२ देशका १७ नाटक मञ्चन हुने भएको छ। मञ्चन हुने नाटकको नामावलीसहित पोस्टर सार्वजनिक भएको छ।

आयोजक मण्डला थिएटरले विज्ञप्ति जारी गर्दै महोत्सवकाे पोस्टर तथा नाटक सूची सार्वजनिक गरेको हो। विज्ञप्तिअनुसार चैत ६ देखि १२ सम्म चल्नेछ।

महोत्सव संयोजक केदार श्रेष्ठकाअनुसार महोत्सवमा जम्मा १ सय १५ नाटक आवेदनमा परेको थियो। तीमध्येबाट १० विदेशी र २ नेपाली गरी १२ वटा नाटक छनोट गरिएको हो। यीबाहेक आयोजक संस्थाबाट १, तीन सहरका स्थानीय आयोजकका ३ र चौतारी नाटक १ गरी जम्मा १७ नाटक छानिएको श्रेष्ठले जानकारी दिए।

नेपालबाट ‘झोडा’ र ‘सामा चाको सामा चाको अहिवा हे’ छनोटमा परेको छ। जापान र नेपालको ‘कन्दाता एन्ड शकुन्तला’, भारतको ‘एबओर्जिनल क्राइ’ र ‘तमासा’, चीनको ‘मोचौ मोचौ’, ट्युनिसियाको ‘एसेच’, इरानको ‘एन्टिगोन’, लिुथआना र स्पेनको ‘अराइभ्ड’, चीनको ‘चार्मिङ जिन्जु ओपेर एपिसोड्स’ लगायत नाटक मञ्चन हुनेछ।

थापागाउँस्थित मण्डला थिएटरमा चल्ने महोत्सवको नारा ‘सामाजिक रुपान्तरणका लागि रंगमञ्चः रैथाने ज्ञानको उज्यालो’ राखिएको छ। यसअघि निटफेस्टको दोस्रो संस्करण ‘विविधताको उत्सव’ भन्ने अवधारणामा सम्पन्न भएको थियो। निटफेस्ट २०२५ का निर्देशक अभिनेता तथा रंगकर्मी दयाहाङ राई हुन्।

पोखरा, भरतपुर र बेलबारीमा पनि निटफेस्ट

यसपटक निटफेस्ट काठमाडौँसँगै पोखरा, भरतपुर र बेलबारीमा पनि हुँदैछ। महोत्सवमा एक सय भन्दा बढी विदेशी कलाकार आउने आयोजकले जनाएको छ। स्कटल्यान्ड, चीन र जर्मनीका कलाकारले तीन फरक कार्यशाला पनि सञ्चालन गर्नेछन्।

निटफेस्टमा कला प्रदर्शनी, संगीत, नृत्य प्रदर्शनीलगायतका गतिविधि समेटिने आयोजकको तयारी छ। महोत्सवमा विभिन्न विषयमा छलफल तथा अन्तक्रिया कार्यक्रम पनि हुनेछ। यसबारे विस्तृत जानकारी केही दिनमा सार्वजनिक गरिने आयोजकको तयारी छ। महोत्सवका लागि गत जुनमा नाटक तथा कार्यक्रमको आवेदन आह्वान गरिएको थियो।

प्रकाशित: २९ फागुन २०८१ १६:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast