‘ग्रान्ड रिहर्सल’को प्रदर्शन अवधि एक हप्ता थपियो

हिमाल प्रेस ५ जेठ २०८३ ८:१७ | Tuesday, May 19, 2026
‘ग्रान्ड रिहर्सल’को प्रदर्शन अवधि एक हप्ता थपियो

काठमाडौँ- मण्डला थिएटरमा मञ्चन भइरहेको हास्यप्रधान नाटक ‘ग्रान्ड रिहर्सल’को प्रदर्शन अवधि एक हप्ता थप गरिएको छ। दर्शकको उत्साहजनक उपस्थितिका कारण नाटकको सो आगामी जेठ १० गतेसम्मका लागि लम्ब्याइएको मण्डला थिएटरले जनाएको छ।

बेलायतका हेनरी लुइस, जोनाथन सेयर र हेनरी शिल्ड्सद्वारा लिखित नाटकबाट प्रेरित यो नाटक गत वैशाख ११ गतेदेखि मण्डलामा नियमित मञ्चन भइरहेको छ । रंगकर्मी अनुप न्यौपाने र उमेश तामाङले यस नाटकलाई नेपाली परिवेशमा रूपान्तरण गरी स्थानीय स्वाद दिएका हुन् ।

‘नाटकभित्रको नाटक’को शैलीमा तयार पारिएको यस नाटकको निर्देशन उमेश तामाङले गरेका छन् । नाटकमा अनुप न्यौपाने, मिलन कार्की, सुदीप खतिवडा, रुजा राउत लगायतको अभिनय रहेको छ। करिब १ घण्टा ३० मिनेटको यो नाटक सोमबारबाहेक हरेक दिन साँझ ५:३० बजे मञ्चन हुँदै आएको छ । त्यस्तै, शनिबार दिउँसो १:३० बजे अतिरिक्त सोको समेत व्यवस्था गरिएको छ। दर्शकको उच्च मागलाई सम्बोधन गर्दै नाटकको अवधि थप गरिएको थिएटर प्रशासनले उल्लेख गरेको छ।

 

प्रकाशित: ५ जेठ २०८३ ८:१७ | Tuesday, May 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast