
रंगहरूको पर्व होली आज पहाड र भोलि तराईमा मनाइँदैछ। होली खासगरी रंग एक आपसमा रंग लगाएर खेलिन्छ। साथै होलीमा पानीको पनि प्रयोग हुने गरेको छ।
होली खेल्दा केही कुराहरूमा ध्यान दिनुपर्छ किनभने रंगमा पाइने रसायनहरूले आँखा र छालालाई हानि पुर्याउन सक्छ।
रंगसँग खेलेपछि यसलाई हटाउन केही कुराहरूमा ध्यान दिनुपर्छ ताकि रंग सजिलै हटाउन सकियोस्।
छाला रोग विशेषज्ञहरुका अनुसार निम्न कुरामा ध्यान दिनुपर्छ
-होली खेल्नुअघि टाउकोदेखि पाउसम्म तेल लगाउनुपर्छ। महिला होस् वा पुरुष, दुवैले तेल लगाउनुपर्छ। कपालमा टाउकोको तल्लो भागसम्म तेल लगाउनुहोस्। एक दिन अगाडि कपाल धुनु आवश्यक छैन।
-यदि तपाईंको शरीरमा कुनै चोटपटक छ भने त्यहाँ पट्टी लगाउनुहोस् र यदि काटिएको छ भने त्यसमा टेप लगाउनुहोस् ताकि रंग त्यहाँ नपरोस्।
-यदि तपाईंको अनुहारमा डण्डीफोर छ वा कतै अन्य कुनै रोग, फोका वा एक्जिमा छ र तपाईंले औषधि लगाउनुहुन्छ भने औषधि लगाएपछि तेल लगाउनुहोस्।
-होली खेल्नुअघि महिला वा केटीहरूले आफ्नो नङमा गाढा नेलपालिस लगाउनुपर्छ ताकि रंग नङको भित्रसम्म नजाओस्।
-रंग खेल्नुअघि पुरुष र महिला दुवैले सनस्क्रिन बेस लगाउनु पर्छ र त्यसपछि तेल लगाउनुपर्छ।
-चस्मा लगाएको राम्रो। चस्मा लगाउँदा रंग आँखामा पुग्दैन र कुनै हानि गर्दैन।
साभार