टिप्परले मोटरसाइकललाई ठोक्कर दिँदा बाबुछोराको मृत्यु

हिमाल प्रेस १० फागुन २०८१ ९:३५
6
SHARES
टिप्परले मोटरसाइकललाई ठोक्कर दिँदा बाबुछोराको मृत्यु

इलाम- इलामको रोङ गाउँपालिका-३ हाँसपोखरीस्थित मेची राजमार्गमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको मृत्यु भएको छ।

इलामबाट झापातर्फ जाँदै गरेको को १ ख ६४६२ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०३-००१ प १५८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक सूर्योदय नगरपालिका- ६ खादीगाउँका ४० का दीर्घ राई र पछाडि सवार उनका बुबा ७० वर्षीय पवनकुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनीहरू दुवैको उपचारको क्रममा बीएन्डसी अस्पतालमा मृत्यु भएको र दुवै जनाको शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १० फागुन २०८१ ९:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast