सवारी दुर्घटना : २४ घण्टामा पाँच जनाको मृत्यु

हिमाल प्रेस ६ साउन २०८३ १८:०२ | Wednesday, July 22, 2026
10
SHARES
सवारी दुर्घटना : २४ घण्टामा पाँच जनाको मृत्यु

काठमाडौँ- बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र बाँकेमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।

नेपाल प्रहरीका अनुसार स्याङ्जाको वालिङ नगरपालिका-८ मिर्दीस्थित सडकमा ट्रेलरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक वालिङ नगरपालिका-६ आमडालीका ५५ वर्षीय विनोद अर्यालको मृत्यु भएको हो।

सप्तरीको शम्भुनाथ नगरपालिका-८ बेरियाइमा ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक सुरुङ्गा नगरपालिका-१ चहकाका ५५ वर्षीय खडकबहादुर आले मगरको मृत्यु भएको छ।

यसैगरी, हेटौँडा उपमहानगरपालिका-११ झमसिङटारमा ट्याक्टर दुर्घटना हुँदा त्यसका चालक सल्ल्यानको कपुरकोट गाउँपालिका-३ का २२ वर्षीय विक्रम खड्काको मृत्यु भएको छ।

रौतहटको गुजरा नगरपालिका-९ सिमराभनानिपुर चोकमो अटो र भारतमा दर्ता भएको मोटरसाइकल एकापसमा ठोक्किँदा २२ वर्षीय मोटरसाइकल चालक आमोद ठाकुरको मृत्यु भएको छ।

त्यसैगरी, बाँकेको बैजनाथ गाउँपालिका-५ बाँसगढीबाट कोहलपुरतर्फ गइरहेको मोटरसाइकलको ठक्करबाट सोही स्थानकी ६९ वर्षीया रूपावती सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ साउन २०८३ १८:०२ | Wednesday, July 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast