
काठमाडौँ- आज सुनको मूल्य तोलाको एक लाख ७० हजार कायम भएको छ।
बिहीबार प्रतितोला एक लाख ७१ हजारमा खरिदबिक्री भएको सुन आज एक हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, चाँदीको मूल्य पाँचले घटेको छ। आज चाँदी प्रतितोला एक हजार नौ सय ९० मा किनबेच भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुन दुई हजार नौ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित: ९ फागुन २०८१ ११:४७
प्रतिक्रिया