प्रत्येक वर्ष फागुन १ गतेलाई ‘जनक्रान्ति दिवस’ को रूपमा मनाऔँ : भट्टराई

हिमाल प्रेस १ फागुन २०८१ १०:२४
36
SHARES
प्रत्येक वर्ष फागुन १ गतेलाई ‘जनक्रान्ति दिवस’ को रूपमा मनाऔँ : भट्टराई

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले प्रत्येक वर्ष फागुन १ गतेलाई ‘जनक्रान्ति दिवस’ रूपमा मनाउनुपर्ने बताएका छन्। तत्कालीन नेकपा माओवादीले फागुन १ गतेदेखि जनयुद्ध सुरु गरेको थियो। जनयुद्ध दश वर्षसम्म चलेको थियो। डा.भट्टराई जनयुद्धको योजनाकार तथा कमाण्डर थिए।

नेपाली कांग्रेस, नेकपा एमाले र एमालेमा गएका पूर्वमाओवादीहरूले जनयुद्धलाई ‘हिंसा’ भनेर प्रचार गरिरहेका बेला डा.भट्टराईले भने,‘फागुन १ गते। नेपालको युगान्तकारी जनविद्रोह (जनयुद्ध) सुरु भएको दिन। संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक जग खन्न सुरु गरेको दिन। त्यो महायज्ञमा अमूल्य ज्यान अर्पण गर्ने महान शहीदहरू, बेपत्ताजन, घाइते/अपांग योद्धाहरू सबैमा अन्तर्हृदयदेखि उच्च सम्मान। शब्दको जुंगाको लडाइँ छोडौं। फागुन १ गतेलाई राज्य र सबै दल, जनताको तर्फबाट प्रत्येक वर्ष ‘जनक्रान्ति दिवस’ को रूपमा मनाऔं।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले १९९७ सालको विद्रोह, २००७ सालको जनक्रान्ति, झापा जनविद्रोह, २०४६ सालको जनआन्दोलन, २०५२-६२ सालको सशस्त्र जनयुद्ध, २०६२/६३ सालको संयुक्त जनआन्दोलन, मधेश विद्रोह, थारू विद्रोह, आदिवासी जनजाति आन्दोलन लगायतका सबै आन्दोलन र क्रान्तिका कडीहरूलाई जोड्नुपर्ने बताए।

प्रकाशित: १ फागुन २०८१ १०:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast