संविधान संशोधनबारे सरकारलाई सुझाव : एकैचोटि धेरैतिर हात हाल्नु सट्टा सुशासनमै केन्द्रित हुनु ठीक

हिमाल प्रेस ३ साउन २०८३ ७:५६ | Sunday, July 19, 2026
4
SHARES
संविधान संशोधनबारे सरकारलाई सुझाव : एकैचोटि धेरैतिर हात हाल्नु सट्टा सुशासनमै केन्द्रित हुनु ठीक

काठमाडौँ- पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुशासन र समृद्धिमै एकलव्य दृष्टि लगाउन सरकारलाई सुझाव दिएका छन्।

संविधानको २४५ धारा संशोधन गर्न कार्यदलले दिएको सुझावलाई इङ्गित गर्दै उनले भनेका छन्– एकैचोटि धेरै चरा मार्न खोज्दा कुनै चरा पनि मर्दैन । ठुलो गाँस मुखमा हाल्दा घाँटीमा अड्कने खतरा हुन्छ ।

उनी थप लेख्छन्, ‘जेनजी विद्रोहको पृष्ठभूमिमा ठुलो जनअपेक्षा सहित सत्तासीन नयाँ सरकारले एकैचोटि धेरैतिर हात हाल्नु सट्टा यतिवेला देशको प्रमुख समस्या रहेको सुशासन र समृद्धिमै एकलव्य दृष्टि लगाउँदा राम्रो होला ।’

देशभित्रै वार्षिक ८ देखि १० लाखसम्म उत्पादनमूलक रोजगारी सिर्जना गर्न जे गर्नुपर्छ त्यही गर्दा राम्रो हुने सरकारलाई उनको सुझाव छ ।

 

प्रकाशित: ३ साउन २०८३ ७:५६ | Sunday, July 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast