सप्तकोशीमा मोटरबोट दुर्घटना, तीनजनाको मृत्यु, पाँच बेपत्ता

हिमाल प्रेस ८ कार्तिक २०८३ १६:२९ | Sunday, October 25, 2026
सप्तकोशीमा मोटरबोट दुर्घटना, तीनजनाको मृत्यु, पाँच बेपत्ता

धनकुटा- सप्तकोशी नदीमा मोटरबोट दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने पाँचजना बेपत्ता भएका छन्। आइतबार दिउँसो २ बजे धनकुटा, उदयपुर र भोजपुर जिल्लाको संगमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा मोटरबोट दुर्घटना भएको हो।

सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार भोजपुरबाट बराहक्षेत्रतर्फ आउने क्रममा मोटरबोट दुर्घटनामा परेको हो। उनले तीनवटा शव भेटिए पनि सनाखत हुन बाँकी रहेको बताए।

मोटरबोटमा कति यात्रु सवार भन्ने अझै यकिन भएको छैन। ११ जनाले टिकट काटेको भनिए पनि जम्मा १६ जना सवार रहेको बुझिएको छ। जसअनुसार बेपत्ता हुने पाँच जना रहेको आशंका छ।

दुर्घटनापछि बेपत्ताको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले विभिन्न स्थानबाट सुरक्षाकर्मी परिचालन गरेको छ।

नं. १ बाहिनीबाट पाँचजना गोताखोरसहित नौजना, सुरक्षा बेस रामपुरबाट दुई जना डीएमसहित ६ जना तथा विपद् व्यवस्थापन बेस चतराबाट पाँच जना डीएमसहितको टोली घटनास्थलमा खटिएको छ।

प्रकाशित: ८ कार्तिक २०८३ १६:२९ | Sunday, October 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast