कोशी ब्यारेजमा प्रतिसेकेन्ड एक लाख ८४ हजार ७८५ क्युसेक पानी प्रवाह, २२ ढोका खोलिए

हिमाल प्रेस १५ भदौ २०८३ ६:२३ | Monday, August 31, 2026
कोशी ब्यारेजमा प्रतिसेकेन्ड एक लाख ८४ हजार ७८५ क्युसेक पानी प्रवाह, २२ ढोका खोलिए फाइल तस्बिर

काठमाडौँ- सप्तकोशी नदीमा जल सतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२ वटा ढोका खोलिएका छन् ।

आइतबार साँझ ६ः०० बजे गरिएको जल सतह मापनमा कोशी ब्यारेजमा प्रतिसेकेन्ड एक लाख ८४ हजार ७८५ क्युसेक पानीको प्रवाह हुँदा २१ वटा ढोका खोलिएका थिए । लगातार पानीको बहाव बढेर बेलुका ८ः०० बजे प्रतिसेकेन्ड एक लाख ९२ हजार ५३५ क्युसेक पुगेपछि २२ वटा ढोका खोलिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।

कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि सर्वसाधारणलाई सचेत गराउन खतराको सङ्केत स्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ ।

हाल डुबानको प्रत्यक्ष जोखिम नरहे पनि दिउँसोदेखि नै जल सतह बढिरहेकाले सम्बन्धित निकाय तथा सप्तकोशी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको सूचना अधिकारी खड्काले बताए ।

साथै तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन तथा कोशी नदीमा माछा मार्ने र दाउरा सङ्कलन नगर्न जिल्ला प्रहरी कार्यालय सुनसरीले सूचनामार्फत आग्रह गरेको छ ।

प्रकाशित: १५ भदौ २०८३ ६:२३ | Monday, August 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast