काठमाडौँ- भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक सोमबार भारत उत्तर प्रदेशको राजधानी लखनऊ पुगेका छन्। कुम्भ मेलामा सहभागी हुन वाङचुक लखनऊ पुगेका हुन्।
उनको मंगलबार प्रयागराजमा जारी कुम्भ मेलामा स्नान गर्ने कार्यक्रम रहेको छ।
भुटानका राजा वाङचुकलाई लखनऊको चौधरी चरण सिंह अन्तर्राष्ट्रिय विमानस्थलमा मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका थिए।
मुख्यमन्त्री योगीले भुटानका राजा वाङचुकसँगको तस्बिर सामाजिक सञ्जालमा साझा गर्दै लेखेका छन्,‘शौर्य संस्कार एवं सांस्कृतिक समरसताको पवित्र भूमि उत्तर प्रदेशमा भुटानका महामहिम नरेश जिग्मे खेसर नामग्याल वाङचुकजीलाई हार्दिक स्वागत एवं अभिनन्दन।’
प्रकाशित: २१ माघ २०८१ १७:५१
प्रतिक्रिया