‘फेरि रेशम फिलिली’ को ‘ग्रीन कार्डैमा’

हिमाल प्रेस १ माघ २०८१ २०:४३ | Tuesday, January 14, 2025
‘फेरि रेशम फिलिली’ को ‘ग्रीन कार्डैमा’

काठमाडौँ- महाशिवरात्रिको अवसरमा फागुन १४ देखि प्रदर्शनमा हुने फिल्म ‘फेरि रेशम फिलिली’ को पहिलो गीत रिलिज भएको छ। ‘ग्रीन कार्डैमा’ बोलको गीत सार्वजनिक गरिएको हो।

दीपक शर्माको शब्द रचना तथा संगीत रहेको गीतमा डेविट शंकरको स्वर छ। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विनय श्रेष्ठ र सुपुष्पा भट्ट लगायत छन्।

यसअघि २०७२ सालमा रिलिज भएको फिल्म ‘रेशम फिलिली’ लोकप्रिय गीत ‘पारी त्यो डाँडा’ले दर्शकमाझ चर्चित बनेको थियो। सोही अनुसारको चर्चा पाउने टिमको अपेक्षा छ।

फिल्मका लेखक र निर्देशक निरोज महर्जन हुन्। सुसन प्रजापतिको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादनमा बनेको छ।

रौनक विक्रम कडेल निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता सुरज विक्रम ठकुरी र सहनिर्मातामा एनि थापा छन्। सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको हो।

प्रकाशित: १ माघ २०८१ २०:४३ | Tuesday, January 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast