पछिल्लो पाँच दिनमा काठमाडौँमा २ लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

हिमाल प्रेस २७ भदौ २०८३ १९:५८ | Saturday, September 12, 2026
पछिल्लो पाँच दिनमा काठमाडौँमा २ लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

काठमाडौँ- पछिल्लो पाँच दिनमा काठमाडौँ उपत्यकामा विभिन्न कम्पनीका दुई लाख ३३ हजार ६६२ सिलिण्डर ग्यास बिक्री गरिएको छ।

पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा गएको पहिरोको कारण राजमार्ग अवरुद्ध भएपछि नेपाल आयल निगमको समन्वयमा तराईका उद्योगमा सिलिण्डर रिफिल गरी वैकल्पिक बाटोबाट ती सिलिण्डर काठमाडौँमा ल्याई बिक्री गरिएका हुन्।

निगमका अनुसार सोमबार ४८ हजार १०९, मंगलबार ४६ हजार २१८, बुधबार ५३ हजार ४६९, बिहीबार ४५ हजार २३० र बिहीबार ४० हजार ६३६ थान सिलिण्डर काठमाडौँ ल्याएर बिक्री गरिएका छन्।

मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले यही भदौ १४ गतेदेखि काठमाडौँ, धादिङ र काभ्रेपलाञ्चोकस्थित उद्योगका सिलिण्डर बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीमा रहेका उद्योगमा भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाएको थियो।

पृथ्वी राजमार्ग नियमित सञ्चालन नहुँदासम्म वैकल्पिक मार्गबाट ग्यास सिलिण्डर काठमाडौँ ल्याई बिक्री गरिने निगमले जनाएको छ।

प्रकाशित: २७ भदौ २०८३ १९:५८ | Saturday, September 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast