काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय कर्मचारीका माग जायज भएको बताएकी छन्।
मंगलबार मन्त्रालयमा नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको टोलीका प्रतिनिधिसँगको भेटमा मन्त्री भट्टराईले सो कुरा बताएकी हुन्।
शिक्षा मन्त्रालयका अनुसार भेटमा टोलीले विद्यालयमा कार्यरत कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा जोड्न र बिमा कार्यक्रममा समावेश गरिदिन माग गरेको छ।
मन्त्री भट्टराईले उक्त भेटमा उनीहरूले राखेका माग जायज भएको र यस सम्बन्धमा आफूले प्रयास गरिरहेको बताएकी मन्त्रालयले जनाएको छ।
प्रकाशित: १ माघ २०८१ १०:४३
प्रतिक्रिया