काठमाडौँ- काठमाडौँको न्यूनतम तापक्रम आज घटेको देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ६ बजे काठमाडौँको न्यूनतम तापक्रम ६.३ डिग्री सेल्सियस मापन भएको छ।
मंगलबार काठमाडौँको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस मापन भएको थियो। मंगलबारको तुलनामा काठमाडौँको आकाश केही खुला भएकाले न्यूनतम तापक्रम केही घटेको महाशाखाले जनाएको छ। बिहानको समयमा काठमाडौँमा सामान्य हुस्सु र कुहिरो लाग्ने तथा दिउँसो मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ।
आज काठमाडौँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने महाशाखाको पूर्वानुमान छ।
प्रकाशित: २४ पुष २०८१ ६:५८
प्रतिक्रिया