वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने एक जना पक्राउ

हिमाल प्रेस ४ माघ २०८१ २०:४३ | Friday, January 17, 2025
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने एक जना पक्राउ

काठमाडौँ – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दोलखा तामाकोशी गाउँपालिका–१ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

पक्राउ परेका केसीमाथि ज्यानमार्ने उद्योग कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी वृत्त सिंहदरबारबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने अन्य व्यक्तिहरूको खोजतलास भइरहेको प्रहरीको भनाइ छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अभियुक्त रहेको मुद्दामा सहकारीपीडितको पक्षबाट बहस गरेर बाहिरिने क्रममा त्रिपाठीमाथि माघ २ गते काठमाडौँ जिल्ला अदालत परिसरभित्र केही व्यक्तिहरूले हातपात गरेका थिए।

प्रकाशित: ४ माघ २०८१ २०:४३ | Friday, January 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast