 
                             
                                            काठमाडौँ- यू–१९ एसिया कपको फाइनल म्याचमा बंगलादेशले भारतलाई ५९ रनले पराजित गरेको छ।
आइतबार दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा भएको फाइनल खेलमा बंगलादेशले भारतलाई पराजित गरेको हो।
एसिया कपको फाइनल खेलमा बंगलादेशको पूरा टिम भारतमाथि हावी रह्यो। म्याचमा भारतले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो।
पहिले ब्याटिङ गरेको बंगलादेशले आठ विकेटको क्षतिमा केवल १९८ रन बनाएको थियो। बंगलादेशका लागि मोहम्मद रिजान होसैनले सर्वाधिक ४७ रन बनाए। भारतका लागि युद्धजीत गुप्ता, चेतन शर्मा र हार्दिक राजले २–२ विकेट लिए।
१९९ रनको सामान्य लक्ष्य पछ्याएको भारतीय टिमको ब्याटिङ ज्यादै खराब रह्यो। सम्पूर्ण भारतीय टिम ३५ ओभरमा १३९ रनमा अलआउट भयो। भारतका कुनै पनि ब्याटर क्रिजमा टिकेर खेल्न सकेनन्। कप्तान मोहम्मद अमानले सर्वाधिक २६ रन बनाए।
बंगलादेशका लागि इकबाल होसैन इमाले तीन र कप्तान मोहम्मद अजीजुल हाकिम तमीमले तीन विकेट लिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 