‘राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार गठन भएको हो’

हिमाल प्रेस १३ पुष २०८१ १७:२९ | Saturday, December 28, 2024
‘राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार गठन भएको हो’

धनगढी– परराष्ट्रमन्त्री आरजु राणा देउवाले राजनीतिक स्थायित्वका लागि दुई ठूला पार्टी मिलेर सरकार निर्माण गरेको बताएकी छन्।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कार्यसमिति तथा महासंघ कैलाली शाखाका नवनिर्वाचित पदाधिकारीको शनिबार धनगढीमा भएको पदस्थापन समारोहमा उनले मुलुकको विकासका लागि आवश्यक राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार गठन भएको र सोहीअनुसार अघि बढेको उल्लेख गरिन्।

उनले वर्तमान सरकारले मुलुकलाई आर्थिक र समाजिक रुपमा कसरी अगाडि बढाउने भन्नेमा ध्यान केन्द्रित रहेको उनको भनाइ थियो। उनले आर्थिक तथा समाजिक विकासका लागि देशमा लगानीको वातावरण बनाउन सरकार क्रियाशील रहेको बताइन्।

उनले नेपालमा प्रजातन्त्र, लोकतन्त्र स्थापनामा पत्रकारिता जगतको ठूलो योगदान रहेको उल्लेख गर्दै नेपाली कांग्रेस सदैव स्वतन्त्र प्रेसको पक्षमा रहेको बताइन्।

‘हामीले संविधानको प्रस्तावनामै पनि पूर्ण प्रेस स्वतन्त्रता हुने उल्लेख गरेका छौँ, मौलिक हकमार्फत थप अधिकार सुनिश्चित गरिएको छ, यसका लागि संविधान निर्माणको समयमा कांग्रेसले ठूलो भूमिका निर्वाह गरेको छ,’ उनले भनिन्।

प्रकाशित: १३ पुष २०८१ १७:२९ | Saturday, December 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast