बोल्ट्सका समर्थकमाथि प्रहार गर्नेलाई कारबाही गर्न मधेशी आयोगद्वारा सिफारिस

हिमाल प्रेस ७ पुष २०८१ १५:२० | Sunday, December 22, 2024
बोल्ट्सका समर्थकमाथि प्रहार गर्नेलाई कारबाही गर्न मधेशी आयोगद्वारा सिफारिस

काठमाडौँ- मधेशी आयोगले जनकपुर बोल्ट्सका समर्थकमाथि प्रहार गर्नेलाई कानुनी दायरमा ल्याउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ।

आयोगले एनपीएलको फाइनल खेलपश्चात जनकपुर बोल्ट्सका समर्थकहरूमाथि सामूहिक रूपमा प्रहार गर्ने समूहको यथाशीघ्र पहिचान गरी कानुनी कारबाही अगाडि बढाउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको हो।

जनकपुर बोल्ट्सका समर्थकमाथि हातहतियार प्रयोग गरी घाइते बनाउने तथा सामाजिक सञ्जालमार्फ नश्लीय र रंगभेदी शब्द प्रयोग गर्ने समूहको तुरुन्त पहिचान गरी कानुनी दायरमा ल्याउन पत्रमा भनिएको छ।

आयोगका अध्यक्ष विजयकुमार दत्तले यस्ता साम्प्रदायिक तथा सामाजिक सद्भावमाथि खलल पु¥याउने घटनाले मधेशी समुदायप्रति अन्य समुदायको दृष्टि कस्तो रहेको भन्ने कुरा उजागर भएको बताएका छन्।

यस्ता घटनाप्रति राज्य तथा प्रहरी प्रशासन संवेदनशील नभए सामाजिक सद्भाव तथा राज्यको चौतर्फी विकासमाथि नकारात्मक असर पर्ने उनको भनाइ छ।

आयोगका सदस्य जीवछ साहसहितको उच्चस्तरीय टोलीले घटनास्थलको स्थलगत निरीक्षण तथा घाइतेहरूसँग घटनाको विस्तृत विवरण लिइसकेपछि आयोग थप सशक्त निर्णय लिने अध्यक्ष दत्तले बताए।

प्रकाशित: ७ पुष २०८१ १५:२० | Sunday, December 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast