जसपा नेपालको प्रचार विभागले पायो पूर्णता

हिमाल प्रेस १३ पुष २०८१ १७:५२ | Saturday, December 28, 2024
जसपा नेपालको प्रचार विभागले पायो पूर्णता

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रचारप्रसार तथा प्रकाशन विभागले पदाधिकारी चयन गरेको छ। शनिबार बसेको विभागको बैठकले केन्द्रीय पदाधिकारी चयन गरेको हो।

विभागको बैठकले दुई जना पदाधिकारी चयन गर्दै विभागलाई पुर्णता दिएको छ। जसपा नेपालका केन्द्रीय सचिव शैलेन्द्र साहको उपस्थितिमा पूर्णबहादुर बस्नेत प्रमुख रहेको विभागमा बैठकले उपप्रमुखमा शम्भु झा र सचिवमा देवबहादुर दुरालाई मनोनित गरेको हो।

गत जेठमा जनकपुरमा सम्पन्न पार्टीको महाधिवेशनपछि प्रथमपटक बसेको प्रचार विभागको बैठकले प्रदेश, जिल्ला र पालिकास्तरमा प्रचार विभाग गठन गरी देशव्यापी रूपमा त्यसलाई थप प्रभावकारी र व्यवस्थित गर्ने निर्णय गरेको छ।

प्रकाशित: १३ पुष २०८१ १७:५२ | Saturday, December 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast