गोपाल हमालको स्वास्थ्य अवस्था बुझ्न पुगे प्रचण्ड

हिमाल प्रेस १४ पुष २०८१ ९:३९ | Sunday, December 29, 2024
गोपाल हमालको स्वास्थ्य अवस्था बुझ्न पुगे प्रचण्ड

काठमाडौँ- धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल (गोपी)को स्वाथ्यअवस्था बुझ्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घरमै पुगेका छन्।

लामो समय भारतमा उपचार गरेर फर्किएका हमाल अहिले ‘रेस्ट’मा छन्। सुदूरपश्चिमको कार्यक्रमलाई सम्बोधन गर्न धनगढी जाँदा प्रचण्ड हमाल भेट्न गएका हुन्। हमाल सचिवालयका अनुसार प्रचण्डले स्वास्थ्यलाभको कामना गरेका थिए।

प्रचण्डका साथमा माओवादीका उपमहासचिव गिरिराजमणि पोखरेल, राष्ट्रियसभाका सदस्य हरिराम चौधरी, सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट, सुदूरपश्चिमका पूर्वसामाजिक विकासमन्त्री एवं प्रदेश सभा सदस्य ओमबिक्रम भाटलगायतका नेताहरू हमाल निवास पुगेका थिए।

हमालको केही समयअघि दिमागको पक्षघात भएको थियो। उनले भारतको दिल्लीस्थित मायामेट्रो अस्पतालमा उपचार गराएका थिए। केहीदिन अघि मात्रै हमाल उपचार गराएर स्वदेश फर्किएका हुन्।

प्रकाशित: १४ पुष २०८१ ९:३९ | Sunday, December 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast