काठमाडौँ- विश्वकी सबैभन्दा अग्ली महिला र सबैभन्दा होची महिलाको बेलायतमा भेट भएको छ।
बीबीसीका अनुसार उनीहरुको गिनिस वर्ल्ड रेकर्ड्स दिवसका अवसरमा लन्डनमा भेटघाट भएको हो। विश्वकी सबैभन्दा अग्ली भनिएकी टर्कीकी रुमेसा गेल्गी २१५.१६ सेन्टिमिटर (७ फिट ७ इन्च) अग्ली छिन्। उता होची भनिएकी भारतकी ज्योति आम्गे ६२.८ सेन्टिमिटर (२ फिट ७ इन्च) अग्ली छिन्।
गेल्गी खोज तथा अनुसन्धानमा संलग्न रहेकी छिन्। आम्गे भने कलाकारिता क्षेत्रमा काम गर्छिन् । यी दुई महिला एक अर्कासँग भेट्न पाउँदा निकै खुसी देखिएका थिए। भारतकी आम्गे भन्दा टर्कीकी गेल्गी पाँच फिट अग्ली छिन्।
प्रकाशित: ८ मंसिर २०८१ ७:१६
प्रतिक्रिया