शिक्षकको क्षमता विकासका लागि सहयोग गर्न शिक्षामन्त्रीले गरे बेलायतलाई आग्रह

हिमाल प्रेस २ वैशाख २०८३ ११:४८ | Wednesday, April 15, 2026
124
SHARES
शिक्षकको क्षमता विकासका लागि सहयोग गर्न शिक्षामन्त्रीले गरे बेलायतलाई आग्रह

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत रब फेनले बुधबार शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपालको शिक्षा र खेलकुद क्षेत्रमा सहकार्यबारे कुराकानी भएको थियो।

शिक्षा क्षेत्रमा बेलायत सरकारबाट भइरहको सहयोग र सहकार्यलाई निरन्तरता दिने विषयमा पनि उनीहरूबीच कुराकानी भएको छ। मन्त्री पोखरेल र राजदूत फेनबीच नेपाल सरकारले सातै प्रदेशमा सञ्चालन गर्न लागेको अटिजम स्कुलको लागि सहकार्य, शिक्षकको पेसागत क्षमता विकासको सन्दर्भमा पनि उनीहरूबीच परामर्श भएको छ।

शिक्षामन्त्री पोखरेलले शिक्षा क्षेत्रको सुधार, शिक्षकको क्षमता विकासलगायत विषयमा बेलायत सरकारको निरन्तर सहयोगको अपेक्षा गरे। उनले अजिटम स्कुलको लागि स्रोत र जनशक्ति विकास तथा शिक्षकको पेसागत क्षमता विकासको सन्दर्भमा आवश्यक सहयोग रहने विश्वास व्यक्त गरे।

राजदूत फेनले नेपालको शैक्षिक र खेलकुद क्षेत्रका साथै अन्य क्षेत्रमा विगतदेखि गरिआएको सहयोग र सहकार्यका लागि बेलायत सरकार उत्सुक रहेको बताए। भेटमा दुई देशबीचको आपसी हित र बहुआयामिक सम्बन्धलाई थप प्रगाढ बनाएर जाने विषयमा समझदारी बनेको छ।

प्रकाशित: २ वैशाख २०८३ ११:४८ | Wednesday, April 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast