नेपालद्वारा अमेरिका–इरान सम्झौताको स्वागत

हिमाल प्रेस ४ असार २०८३ २०:५९ | Thursday, June 18, 2026
14
SHARES
नेपालद्वारा अमेरिका–इरान सम्झौताको स्वागत

काठमाडौँ- नेपाल सरकारले अमेरिका र इरानबीच भएको ‘इस्लामावाद समझदारीपत्र’ को हस्ताक्षरलाई स्वागत गरेको छ।

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति निकाले दुवै देशबीच भएको समझदारीको स्वागत गरेको हो।

‘दुवै देशका राष्ट्रपतिबाट अमेरिका–इरान शान्ति सम्झौतामा हस्ताक्षर भई कूटनीतिक प्रयासहरु सफलतापूर्वक निष्कर्षमा पुगेको घटनालाई नेपालले सकारात्मक रुपमा लिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

यसअघि ८ अप्रिल २०२६ मा भएको युद्धविरामको घोषणालाई समेत नेपालले स्वागत गरेको परराष्ट्र मन्त्रालयले स्मरण गराएको छ।

पश्चिम एसियामा भएको द्वन्द्वका कारण नेपाललगायत विश्वव्यापी अर्थतन्त्रमा दूरगामी असर परेको उल्लेख गर्दै नेपालले यो सम्झौतासँगै द्वन्द्व प्रभावित समुद्री मार्गको आवागमन छिट्टै सामान्य बन्ने आशा व्यक्त गरेको छ।

यो शान्ति सम्झौताले पश्चिम एसिया क्षेत्रमा दिगो शान्ति र स्थिरता कायम गर्न महत्वपूर्ण योगदान पु¥याउनेमा नेपालले विश्वास व्यक्त गरेको छ। यस जटिल कूटनीतिक प्रक्रियामा मध्यस्थताको भूमिका खेल्ने राष्ट्रहरुप्रति नेपालले धन्यवाद ज्ञापन गरेको छ।

प्रकाशित: ४ असार २०८३ २०:५९ | Thursday, June 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast