‘मिसिङः केटी हराएको सूचना’को प्रदर्शन स्थगित

हिमाल प्रेस २३ कार्तिक २०८१ १९:२९
14
SHARES
‘मिसिङः केटी हराएको सूचना’को प्रदर्शन स्थगित

काठमाडौँ- यही कात्तिक ३० देखि रिलिज हुने भनिएको फिल्म ‘मिसिङः केटी हराएको सूचना’को प्रदर्शन तत्कालका लागि स्थगित गरिएको छ।

फिल्म निर्माण कम्पनी ट्राई सिटीले शुक्रबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै अर्को मिति सार्वजनिक नभएसम्म रिलिज स्थगित गरेको जनाएको हो।

नाजिर हुसेन र सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहेको फिल्मलाई दीपेन्द्र गौचनले निर्देशन गरेका हुन्। दीपेन्द्रले ३२ वर्षअघि डकु-ड्रामा ‘उजेली’ निर्देशन गरेका थिए। अर्को लोकप्रिय डकु-ड्रामा ‘हाम्रो मुमिन’ पनि दीपेन्द्रकै निर्देशकीय सिर्जना हो।

दीपेन्द्रकै निर्माण रहेको फिल्ममा उनकै स्क्रिप्ट लेखन छ। फिल्ममा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ।

प्रकाशित: २३ कार्तिक २०८१ १९:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + fifteen =