आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीले नियुक्तिपत्र

हिमाल प्रेस २३ असोज २०८१ १८:३३
10
SHARES
आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीले नियुक्तिपत्र c

काठमाडौँ– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीहरुलाई नियुक्तिपत्र प्रदान गरेका छन्।

अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आयोगका पदाधिकारीहरुलाई नियुक्तिपत्र प्रदान गर्दै निजी क्षेत्र, विज्ञहरु र सरोकारवालासँग छलफल गरी अर्थतन्त्रमा गुणात्मक सुधार ल्याउने सुझाव आयोगबाट प्राप्त हुने विश्वास व्यक्त गरे ।

उनले उक्त सुझावलाई सरकारले कार्यान्वयन गर्ने बताए। आयोगका अध्यक्ष रामेश्वर खनालले सबै पक्षसँग परामर्श गरी सरकार, मन्त्री, सरोकारवाला र जनताले अपेक्षा गरेअनुसारको प्रतिवेदन तयार पार्ने प्रतिबद्धता व्यक्त गरे। आयोगका पदाधिकारीहरुले अर्थतन्त्रको समस्या, चुनौती पहिल्याइ ‘पोलिसी डिपार्चर’ गर्ने किसिमको प्रतिवेदन तयार पार्ने बताएका छन्।

गत सोमबार सरकारले अर्थतन्त्रमा सुधारका लागि सुझाव दिन खनालको अध्यक्षतामा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा डा. रामप्रसाद ज्ञवाली, अर्थविद् डा. विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. कल्पना खनाल रहेकोआयोग गठन गरेको थियो। आयोगको कार्यकाल छ महिनाको तोकिएको छ।

प्रकाशित: २३ असोज २०८१ १८:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast