राप्रपाका विभिन्न विभाग प्रमुखलाई अध्यक्ष लिङ्देनले हस्तान्तरण गरे मनोनयन पत्र

हिमाल प्रेस १८ असोज २०८१ १३:१७
8
SHARES
राप्रपाका विभिन्न विभाग प्रमुखलाई अध्यक्ष लिङ्देनले हस्तान्तरण गरे मनोनयन पत्र

काठमाडौँ– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम बिहीबार मनोनयन गरेका विभिन्न विभागका प्रमुखहरूलाई आज मनोनयन पत्र हस्तान्तरण गरेका छन्।

अध्यक्ष लिङ्देनले संगठन विभागको प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङलाई मनोनयन गरेका थिए। यसअघि सो विभागमा महामन्त्री डा. धवल शमशेर राणा प्रमुख थिए, राणा आन्दोलन परिचालन समितिको संयोजकको जिम्मेवारीमा रहेकाले आन्दोलनको तयारीलाई तीव्रता दिन राणालाई विभागीय प्रमुखको जिम्मेवारीबाट अलग गरिएको पार्टी श्रोतले जनाएको छ।

यसअघि वरिष्ठ उपाध्यक्ष रोशन कार्कीले सम्हालेको स्थानीय तह परिचालन विभागको प्रमुखको जिम्मेवारी वरिष्ठ नेता उपाध्यक्ष ध्रुवबहादुर प्रधानलाई प्रदान गरिएको छ। प्रधान यसअघि प्रशिक्षण विभागको प्रमुख थिए। वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङले सम्हाल्दै आएको राजनीतिक विभागको प्रमुखको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई प्रदान गरिएको छ।

यसै गरी पर्यटन विभागको प्रमुखमा सहायक महामन्त्री विजय खड्कालाई प्रदान गरिएको छ, खड्काले विगतमा लामो समय प्रवास विभाग प्रमुखको रूपमा काम गरिसकेका छन्। विपद् व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धव थापा रहेका छन्। थापा बागमती प्रदेशका सांसद र संसदीय दलका नेतासमेत हुन्।

सूचना प्रविधि विभाग (आइटी) को प्रमुखमा केन्द्रीय सदस्य उद्धवराज भेटुवाल रहेका छन्, भेटुवाल विगतमा लामो समय मूलधारको पत्रकारितामा संलग्न भई राजनीतिमा क्रियाशील भएका हुन्।

लेखा समितिको प्रमुखमा केन्द्रीय सदस्य केदार न्यौपाने रहेका छन्, न्यौपाने नेपाल सरकारको सेवा निवृत्त सचिव हुन्। सेवा निवृत्त हुनुअघि न्यौपानेले भूमिसुधार र प्रधानमन्त्री कार्यालयमा सचिवको रूपमा काम गरिसकेका छन्।

प्रकाशित: १८ असोज २०८१ १३:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − twelve =