वर्षाले ओमान र नेपालबीचको खेल रद्द, १-१ अंक बाँडियो

हिमाल प्रेस ९ असोज २०८१ ६:३८
22
SHARES
वर्षाले ओमान र नेपालबीचको खेल रद्द, १-१ अंक बाँडियो तस्बिर : नेपाल क्रिकेट संघ

काठमाडौँ- आईसीसी विश्वकप लिग-२ अन्तर्गत क्यानडामा भएको त्रिकोणात्मक सिरिजको नेपालको अन्तिम खेल रद्द भएको छ। क्यानडाको ओन्टेरियोस्थित किंग सिटीमा नेपाल र ओमानबीचको खेलको वर्षाका कारण टस समेत नभइ रद्द भएको हो।

रद्द भएसँगै नेपाल र ओमानले एक एक अंक पाएका छन्। यससँगै क्यानडामा खेलिएको सिरिजमा नेपाल जितबिहीन बनेको छ।

यसअघि नेपालले खेलेको तीन खेलमध्ये तीनै खेलमा पराजित भएको थियो। घरेलु टोलीसँग दुई र ओमानसँग एक खेलमा नेपालले हार ब्यहोरेको थियो। विश्वकप लिग २ मा नेपालले कुल ८ खेल खेलिसकेको छ। त्यसमध्ये नेपालले एउटा मात्रै जित निकालेको छ।

गत फेब्रुअरीमा घरेलु मैदानमा नामबिया र नेदरल्यान्ड्सबिरुद्धको चार खेल मध्ये नेपाल तीन खेलमा पराजित भएको थियो। एकदिसवीय सिरिजपछि असोज १२ गते क्यानडामै नेपालले त्रिकोणात्मक टी २० सिरिज खेल्नेछ।

त्रिकोणात्मक टी-२० सिरिज खेलेपछि नेपाली टोली अमेरिका भ्रमणमा जानेछ। त्यहाँ नेपाल, अमेरिका र स्कटल्यान्डबीच खेल हुनेछ। अमेरिका भ्रमणमा पनि नेपालले लिग २ को त्रिकोणात्मक सिरिज र टी २० त्रिकोणात्मक सिरिज गरी दुई सिरिज खेल्नेछ।

प्रकाशित: ९ असोज २०८१ ६:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast