आज पनि घट्यो नेप्से परिसूचक

हिमाल प्रेस २० भदौ २०८१ १५:४६
8
SHARES
आज पनि घट्यो नेप्से परिसूचक

काठमाडौँ- शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजार मापक परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। बिहीबार नेप्से १२.१० अंकले घटेर २७२७.२६ अंकमा आइपुगेको छ। बजार घटेको दिन कारोबार रकम पनि घटेको छ। यस दिन ९ अर्ब ६५ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ।

यो साता बजार उथुलपुथलपूर्ण रह्यो। साताभर मंगलबार मात्र बजार बढ्यो। अन्य दिन भने बजार घट्यो। बिहीबार १०१ कम्पनीको शेयरमूल्य बढ्दा १३८ कम्पनीको शेयरमूल्य घट्यो भने ५ कम्पनीको मूल्य यथावत् रह्यो।

बिहीबार सबैभन्दा धेरै कमाउनेमा आत्मनिर्भर लघु वित्त वित्तीय संस्था रह्यो। यो कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर ४७० रुपैयाँ कायम भएको छ। यस्तै, युनिकट नेपाल लघु वित्त, नेस्डो लघु वित्त, अपर हेवाखोला हाइड्रो र गुडविल फाइनान्सले करिब ८ प्रतिशतभन्दा धेरै कमाएका छन्।

सबैभन्दा धेरै गुमाउनेमा नेपाल फाइनान्स लिमिटेड रहेको छ।

प्रकाशित: २० भदौ २०८१ १५:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 5 =