बलात्कारका घटना निर्मुलीकरण गर्न ‘देवी’ बहसकाे विषय बन्नेछ: शिल्पा मास्के

हिमाल प्रेस १८ भदौ २०८१ १८:०२
2
SHARE
बलात्कारका घटना निर्मुलीकरण गर्न ‘देवी’ बहसकाे विषय बन्नेछ: शिल्पा मास्के

काठमाडौँ- तीजको अवसरमा भदौ २१ देखि प्रदर्शनमा हुने नारीप्रधान फिल्म ‘देवी’को प्रचारप्रसारमा अभिनेत्री शिल्पा मास्केलगायत टिम दौडधुप गरिरहेको छ। विशेगगरी अभिनेत्री शिल्पाको दौडधुप अन्य सिनेमाभन्दा बढि नै देखिन्छ।
कारण हो उनी फिल्मकी अभिनेत्री मात्रै नभई सह-निर्मात्रीसमेत हुन्।

सञ्जोग राईको निर्देशनमा बनेको फिल्म ‘देवी’ले बलात्कारको घटना र त्यसमा कानुनले पार्ने प्रभावको कथा प्रस्तुत गरेको छ। फिल्ममा शिल्पाले अपराधको घटनाबारे रिपोर्टिङ गर्ने पत्रकारको भूमिका निभाएकी छन्।

फिल्मले उठाएको विषयवस्तुमाथि धेरै अनुसन्धान गरिएको अभिनेत्री शिल्पा मास्केको दाबी छ। ‘फिल्मको स्क्रिप्टमा छलफल गर्दा हामीले उठाएका बिषयवस्तु पोलिटिकली ठीक हुन्छ कि हुँदैन भनेर छलफल गर्यौं। बलात्कारको तथ्यांकदेखि पत्रपत्रिकामा आएको लगभग सबै आर्टिकल संकलन गरेर गहन अध्ययन गर्यौं। त्यसपछिमात्र हामीले ‘देवी’ लाई सत्य घटनाबाट प्रभावित काल्पनिक फिल्मको रुपमा काम गरेका हौंं’, उनले भनिन्।

पत्रिकामा आएका लेखहरुका पीडितपक्षलाई भने भेट्न नपाएको उनले देखेसो पोखिन्। साथै उनले पत्रिकामा भेटिएका पीडितको नामसमेत फिल्ममा प्रयोग नगरेको खुलाइन्।

‘हामीले पत्रपत्रिकाबाट जेजति घटनाहरु संकलन गर्यौं, त्यस घटनाका भिक्टीमलाई भेट्ने आँट भने गर्न त सकेनौं। किनकी त्यो बिषय नै निकै संमवेदनशील थियो। हामीले पत्रिकाका कटिङ गरेर फिल्ममा प्रयोग गरेका पनि कुनैपनि घटनाका पीडितको नाम प्रयोग गरेका छैनौं। त्यसको कारण हामीले गरेका कामको फरक अर्थ नलागोस् र कानुन प्रभावित नबनोस् भन्ने कुरामा सचेत भएका थियौं’, शिल्पा भनिन्।

यसैको आधारमा फिल्मको कथा आमदर्शकमाझ पुगोस् र त्यसले यस्ता घटनाहरुलाई कसरी निर्मुलीकरण गर्न सकिन्छ भन्ने बहस चलोस् भन्ने चाहाना रहेको उनले बताइन्।

शिल्पालाई रिपोर्टिङ कसरी गरिन्छ भन्ने ज्ञान पहिले थिएन। फिल्मको छायांकनभन्दा अगाडि क्यारेक्टरकै लागि उनले दैनिक पत्रिकाकी एक महिला पत्रकारसँग भेटिन्। रिपोर्टिङको अनुभवबोरे बुझिन्। जस्ले आफ्नो चरित्र निर्माणमा ठूलो सहयोग पुगेको उनले बताइन्।

फिल्म  व्यावसायिक नभएको भन्दै थुप्रै निर्माताले लगानी गर्न नमानेपछि आफैँले निर्माणमा सहकार्य गरेको अभिनेत्री मास्केले बताइन्। ‘स्क्रिप्ट तयार भएपछि हामीले केही निर्मातालाई भेट्यौं। धेरैले यति संवेदनशील विषयमा पनि व्यावसायिक फिल्म होइन भनेर लगानी गर्न इच्छा देखाउनुभएन।’ उनले ती दिन स्मरण गर्दे भनिन्। मलाई कन्टेन्टप्रति विश्वास थियो। निर्माताको रुपमा अनुभव गर्न मन लाग्यो। र सहकार्य गर्न तयार भए।’ उनले भनिन्। ‘निर्माताको जिम्मेवारी चुनौतीपूर्ण हुने रहेछ।’ उनले भनिन्।

आफूले फिल्म व्यापारका लागि आफूले लगानी नगरेको दाबीसमेत गरिन्। ‘व्यापारिक दृष्टिकोणले मैले यो फिल्ममा लगानी गरेकी होइन। त्यो हिसाबले त क्राइमऔ-थ्रिलर फिल्ममा लगानी गर्न गाह्रो छ।’ उनले भनिन्।

दर्शकले अहिले महिला केन्द्रित र कन्टेन्टमुखी फिलम रुचाउन थालेकाले फिल्म सन्देशमुलक बनाएको बताउँदै उनले भनिन् ‘हामीले सामाजिक सन्देशका लागि फिल्म निर्माण गरौं, मिहेनत गरेर राम्रो भए व्यापारिक रुपमा पनि सफल हुन्छ भन्ने हेतुले काम गरेका हौं।’

निर्माता बनिरहँदा कामप्रति जिम्मेवार, सजक हुन सिकेको उनको अनुभव छ। ‘निर्माताको जिम्मेवारी निभाउँदा चुनौती एकदमै हुँदोरहेछ।’, उनी सुनाउँछिन्, ‘प्रचारमा हुँदासमेत दिमाग धेरै ठाउँमा पुग्ने रहेछ। निर्माता बन्नु गाह्रो काम हो तर, पहिलो अनुभव भएकाले धेरै सिक्न पाएँ।’ उनी यो फिल्म व्यावसायिक रुपमा सफल भएमा आगामी दिनमा
फिल्म निर्माण कार्यलाई निरन्तरता दिने उनको योजना पनि छ।

क्राइम थ्रिलर जनरामा बनेको फिल्मको कथा लेखनमा निर्देशक राई र अजय गौतमको सहकार्य छ। एक्जिबिट स्टुडियोको प्रस्तुतिमा निर्माण भएको फिल्ममा बाँसुरी फिल्म्सले पनि सहकार्य गरेको छ। सिनेमा नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा हुनेछ।

शिल्पा मास्केसहित फिल्ममा गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय छ।

रेमन गुरुङ र सञ्जोग राईको निर्माण रहेको फिल्मको कार्यकारी निर्माता जावेद खान तथा सह-निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ र मिलन लामा हुन्।

प्रकाशित: १८ भदौ २०८१ १८:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − twelve =