नेपाल प्रहरीका एक डीआईजी, ११ एसएसपीसहितका अधिकारी एकसाथ अवकाशमा

हिमाल प्रेस १६ भदौ २०८१ १४:१३
2.4k
SHARES
नेपाल प्रहरीका एक डीआईजी, ११ एसएसपीसहितका अधिकारी एकसाथ अवकाशमा प्रहरी

काठमाडौँ- ३० बर्से सेवा हदका कारण नेपाल प्रहरीका केही उच्च अधिकारीहरू एकसाथ अवकाशमा गएका छन्। नेपाल प्रहरीका एक डीआईजी,  ११ एसएसपीसहितका प्रहरी अधिकारीले अवकाश पाएका हुन्।

 अवकाश पाउनेहरूमा बागमती प्रदेश प्रहरी प्रमुख विष्णु केसी, एसएसपीहरू दिनेशराज मैनाली, दिल्लीराज विष्ट, रेवती ढकाल, बेलबहादुर पाण्डे, रवि पौडेल, जीवनकुमार श्रेष्ठ, किसन सिंह थापा, नविन राई, रवीन्द्र रेग्मी, विरबहादुर वली, चन्द्रदेव राईले अवकाश पाएका हुन्।

त्यस्तै अवकाश पाउने एसपीहरूमा कृष्ण प्रसाईं अवदेश विष्ट, हिराबहादुर पाण्डेले अवकाश पाएका छन्। अवकाश पाउनेहरू २०५१ भदौ १६ गते प्रहरी सहायक निरीक्षकबाट सेवा सुरु गरेका थिए।

प्रकाशित: १६ भदौ २०८१ १४:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =