दैलेखमा हेलिकप्टरबाट गर्भवतीको उद्धार

हिमाल प्रेस १६ भदौ २०८१ ९:५८
6
SHARES
दैलेखमा हेलिकप्टरबाट गर्भवतीको उद्धार

दैलेख- दैलेखमा गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ। आठबिस नगरपालिका–९ की २४ वर्षीया कौशी कठायतलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो। दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसाललका अनुसार सुत्केरी व्यथा लागेपछि कौशीलाई कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको थियो।

अत्यधिक रक्तश्राव भएपछि उनलाई शनिबार साँझ हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि सुर्खेत लगिएको उनले जानकारी दिए। गर्भवतीको स्वास्थ्यमा जोखिम भएको जानकारी पाएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला, बालबालिका मन्त्रालयले कठायतलाई उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पठाएको थियो।

‘अकालमा ज्यान जान दिनुभएन, त्यसैले राष्ट्रपति महिला उद्धार कोषमार्फत उद्धार गरी सुर्खेत पठाइएको हो।’ अत्याधिक रक्तश्राव भएपछि सुविधासम्पन्न अस्पतालसम्म लैजान हवाई उद्धारका लागि आवश्यक समन्वय गरिदिन आठबिस नगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको थियो।

प्रकाशित: १६ भदौ २०८१ ९:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =