प्रतिनिधिसभाको बैठक बस्दै

हिमाल प्रेस १२ भदौ २०८१ ६:१७ | Wednesday, August 28, 2024
प्रतिनिधिसभाको बैठक बस्दै फाइल तस्बिर।

काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ। आजको बैठकका लागि मुख्यरूपमा दुई विषयलाई कार्यसूचीमा राखिएको छ।

सुरुमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने प्रस्तुत गर्नेछन्।

त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले ‘हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रूत प्रतिकार्यलाई प्रभावकारी बनाउनुपर्ने’ भन्ने सार्वजनिक महत्त्वको विषयबारे स्वास्थ्य तथा जनसंख्यामन्त्रीको ध्यानाकर्षण गराउने कार्यसूची छ।

यसअघि, हिजो पनि प्रतिनिधिसभाको बैठक बसेको थियो।

प्रकाशित: १२ भदौ २०८१ ६:१७ | Wednesday, August 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast