स्वास्थ्य कार्यक्रममा दोहोरोपना हटाउन तीनै तहका प्रतिनिधि सहमत

हिमाल प्रेस ६ भदौ २०८१ २०:२८
16
SHARES
स्वास्थ्य कार्यक्रममा दोहोरोपना हटाउन तीनै तहका प्रतिनिधि सहमत

काठमाडौँ- तीनवटै तहका सरकारले स्वास्थ्य क्षेत्रमा एकआसपमा सहकार्य गरेर अगाडि बढ्ने भएको छ।

संघ, प्रदेश तथा स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ अनुसार बिहीबार बसेको बैठकले सहकार्य गरेर अगाडि बढ्ने निर्णय गरेको हो।

स्वास्थ्य तथा जनसंख्या क्षेत्रका योजनामा आवश्यक सहकार्य गर्न तथा दोहोरोपना हटाउन संघ, प्रदेश तथा स्थानीय तह (समन्व्य तथा अन्तरसम्बन्ध) ऐन, २०७७ बनेको थियो। ऐन बनेका पाँच वर्षमा बिहीबार पहिलोपटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तीनै तहका सरकारको संयुक्त बैठक बसेको हो।

तीनवटै तहका सरकारको संयुक्त बैठकले आपसमा सहकार्य गरेर योजना तथा कार्यक्रममा दोहोरोपना हटाउने निर्णय गरेको स्वास्थ्यमन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ।त्यस्तै तहगत समस्याको पहिचान गरी आगामी योजना तयार पार्नु पर्नेमा तीनै तहका सरकारका प्रतिनिधिहरू सहमत भएका छन्।

चिकित्सक जनशक्ति व्यवस्थापनमा सहकार्य गर्ने, हैजा तथा डेङ्गी महामारी संक्रमाक नियन्त्रणका लागि एकीकृत द्रूत प्रतिकार्य गर्ने, नसर्ने रोगको रोकथाम तथा नियन्त्रणमा सहकार्य गर्नेलगायतका निर्णयहरू बैठकले गरेको छ।

त्यस्तै पूर्वाधार तयार भएर सञ्चालनमा आउन नसकेका ५, १० र १५ शय्याका अस्पतालको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्दै सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रम एकीकृत ढंगले सञ्चालन गर्ने लगायतका निर्णयहरू बैठकले गरेको छ।

प्रकाशित: ६ भदौ २०८१ २०:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − six =