विराजभक्त श्रेष्ठले लिए रास्वपा केन्द्रीय सदस्य र सचिवालय सदस्यको शपथ

हिमाल प्रेस ४ असोज २०८३ १४:२० | Sunday, September 20, 2026
विराजभक्त श्रेष्ठले लिए रास्वपा केन्द्रीय सदस्य र सचिवालय सदस्यको शपथ

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय सदस्य र केन्द्रीय सदस्य पदको शपथ लिएका छन्। आइतबार केन्द्रीय सचिवालयको बैठक अगाडि सभापति रवि लामिछानेले श्रेष्ठलाई पद तथा गोपनियताको सपथ गराएका हुन् । सपथ समारोहमा महामन्त्री विपिन आचार्य पनि सहभागी थिए ।

मन्त्री श्रेष्ठ गत असारमा चितवनमा सम्पन्न रास्वपाको प्रथम महाधिवेशनबाट २ हजार १२३ मतसहित केन्द्रीय सदस्य निर्वाचित भएका थिए । भदौ ५ गते बसेको केन्द्रीय समिति बैठकबाट सभापति लामिछानेले श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्य मनोनीत गरेका थिए ।

शपथ लिँदै मन्त्री श्रेष्ठले जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । ‘रास्वपा प्रथम ऐतिहासिक महाधिवेशनमा २/३ भन्दा पनि बढी मत प्रदान गरी केन्द्रीय समिति सदस्यमा निर्वाचित गर्नुभएकोमा पार्टीको सार्वभौम सदस्यज्यूहरू सम्पूर्णमा हार्दिक आभार,’ शपथ लिँदै मन्त्री श्रेष्ठले भनेका छन्, ‘सबैको साथ, सहयोग, समन्वय र सुझावलाई आत्मसात् गर्दै आफ्नो जिम्मेवारी र कर्तव्य निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

प्रकाशित: ४ असोज २०८३ १४:२० | Sunday, September 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast