भ्रष्ट व्यवस्था र शासकको अन्त्य गर्न आन्दोलन आवश्यक छ : कमल थापा

हिमाल प्रेस २ भदौ २०८१ १७:०७
68
SHARES
भ्रष्ट व्यवस्था र शासकको अन्त्य गर्न आन्दोलन आवश्यक छ : कमल थापा

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिका लागि आन्दोलन आवश्यक भएको बताएका छन्। त्यसका लागि राप्रपा नेपाललाई बलियो बनाउन जरुरी भएको उनको भनाइ छ।

आइतबार राजधानीमा आयोजित क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले असफल साम्यवाद र पुँजीवादको विकल्पमा सम्बर्द्धनवादको वैचारिक धरातलमा सबल र समृद्ध नेपाल निर्माण गर्नु आवश्यक भएको जिकिर गरे।

थापाले भ्रष्टाचार, धर्म परिवर्तन, बेरोजगारी अन्त्य र सुशासनको लागि जनता जाग्नुपर्ने भन्दै विदेशी प्रभाव र दबाबबाट मुक्त गर्न र स्वाधीनताको रक्षाका लागि आन्दोलन आवश्यक भएको बताए। कार्यक्रममा डाक्टर विष्णु भण्डारी ,राजाराम बर्तौला, अम्मर केसी ,उज्ज्वल पोखरेल लगायतले पनि आ-आफ्नो धारणा राखेका थिए।

प्रकाशित: २ भदौ २०८१ १७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − twelve =