मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ

हिमाल प्रेस २६ साउन २०८१ ६:४३
10
SHARES
मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा तीनजनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले ललितपुरको बालकुमारी र भक्तपुरको कौशलटारबाट उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा झापा कमल गाउँपालिका घर भई हाल काठमाडौँको सीतापाइला बस्ने ३० वर्षीय युवराज राई, सोही ठाउँ बस्ने २१ वर्षीय नवीन भट्टराई र मकवानपुरको बागमती गाउँपालिका–३ घर भएका २१ वर्षीय प्रेमबहादुर पाख्रिन छन्।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक विश्वराज खड्काले राई र भट्टराईलाई बालकुमारी र पाख्रिनलाई कौशलटारबाट पक्राउ गरिएको जानकारी दिए। बागमती प्रदेश ०२–०४९ प २५१३ नम्बरको मोटरसाइकल चोरी गरी नम्बर परिवर्तन गरेर प्रदेश २–०२–०२७ प ४३२३ नम्बर बनाएर चलाएकाले भट्टराई र राईलाई पक्राउ गरिएको प्रवक्ता खड्काले बताए ।

नियन्त्रणमा आएका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको छ। प्रहरीले आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न सबैलाई आग्रह गरेको छ। रासस

 

प्रकाशित: २६ साउन २०८१ ६:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − five =