महिला भलिबल खेलाडीलाई काठमाडौँ महानगरले गर्‍यो नगदसहित सम्मान

हिमाल प्रेस २४ साउन २०८१ १५:४९
48
SHARES
महिला भलिबल खेलाडीलाई काठमाडौँ महानगरले गर्‍यो नगदसहित सम्मान

काडमाडौँ- सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगको उपविजेता नेपाली टोलीलाई काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार सम्पन्न फाइनलमा नेपाल ३-२ को सेटमा पराजित भएको थियो । फाइनल हेर्न महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोल पनि उपस्थित थिए ।

महानगरले टोलीका १४ खेलाडी र मुख्य प्रशिक्षक जगदिश भट्टलाई जनही एक लाख तथा सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलम बज्राचार्य र फिजियो लोकेन्द्र कुँवरलाई जनही ५० हजार रुपैयाँ प्रदान गरेकाे छ ।

नेपाली टाेली

अरुणा शाही (कप्तान), सरस्वती चौधरी, निरुता ठगुन्ना, उषा भण्डारी, पुनम चन्द, कविता भट्ट, सलिना श्रेष्ठऽ संगम महतो, कामना विष्ट, प्रगति नाथ, शान्तिकला तामाङ, साफिया पुन, आरती सुवेदी, सुमित्रा रेग्मी

प्रकाशित: २४ साउन २०८१ १५:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + twelve =