शिक्षक-कर्मचारीकाे चाडबाड खर्चबारे शिक्षक महासंघकाे ध्यानाकर्षण

हिमाल प्रेस २४ साउन २०८१ १४:४१
3.5k
SHARES
शिक्षक-कर्मचारीकाे चाडबाड खर्चबारे शिक्षक महासंघकाे ध्यानाकर्षण नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी।

काठमाडाैँ- नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशाेर सुवेदीले शिक्षक-कर्मचारीकाे चाडबाड खर्च यथावत् गर्न आग्रह गरेका छन्।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी, भक्तपुरले जारी गरेकाे कार्यक्रम कार्यान्वयन कार्यविधि (आर्थिक वर्ष २०८१/८२) मा  चाडबाड खर्चबारे शिक्षक-कर्मचारी अन्याेलमा परेकाे भन्दै अध्यक्ष सुवेदीले सरकारकाे ध्यानाकर्षण गराएका हुन्।

शिक्षक दलकर्मीबाट पेसाकर्मी नबनेसम्म विद्यालय शिक्षामा सुधार हुँदैन : विद्यानाथ कोइराला [भिडियाे अन्तर्वार्ता]

सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष सुवेदीले भनेका छन्,‘चाडपर्व खर्च बारेः कार्यक्रम कार्यान्वयन पुस्तिकामा उल्लेख गर्दा भएको त्रुटिका कारण चाडपर्व खर्चबारे साथीहरूमा संशय सिर्जना भएको छ। त्यसबारे सम्बन्धित निकायमा छलफल भइसकेको छ। तसर्थ चाडपर्व खर्च पहिले जस्तै यथावत् प्राप्त हुने कुरा सबैमा अनुरोध छ।’
कार्यक्रम कार्यान्वयन पुस्तिका

प्रकाशित: २४ साउन २०८१ १४:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + five =