कर्णालीमा कांग्रेसबाट बन्दैछन् यी चार मन्त्री

हिमाल प्रेस १८ साउन २०८१ १२:१९
28
SHARES
कर्णालीमा कांग्रेसबाट बन्दैछन् यी चार मन्त्री

सुर्खेत- नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ।

कांग्रेस प्रमुख सचेतक हिक्मत विष्टका अनुसार सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय कांग्रेसले लिनेछ।

सामाजिक विकास मन्त्रीमा दैलेखका घनश्याम भण्डारी, आर्थिक मामिला तथा योजना मन्त्रीमा जाजरकोटका राजीवविक्रम शाह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सल्यानका सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा हुम्लाकी विजया बुढा मन्त्री बन्ने भएका छन्।

मन्त्रीहरूको नाम मुख्यमन्त्री यामलाल कँडेललाई बुझाइएको प्रमुख सचेतक विष्टले जानकारी दिए।

केन्द्रमा कांग्रेस-एमाले गठबन्धन बनेपछि कर्णाली सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएकाे थियाे। त्यसपछि कांग्रेसले चार जना मन्त्रीलाई सरकारमा पठाउने निर्णय गरेकाे हाे।

प्रकाशित: १८ साउन २०८१ १२:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 19 =