गुरु बराल बने नेकपा एमालेको उपाध्यक्ष

हिमाल प्रेस १७ साउन २०८१ १६:२९
298
SHARES
गुरु बराल बने नेकपा एमालेको उपाध्यक्ष

काठमाडौँ-  नेकपा एमालेले रिक्त उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय बैठकले बराललाई उपाध्यक्षमा मनोनयन गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिए। उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि उक्त पद रिक्त थियो।

त्यस्तै एमालेले दुई जनालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ । बैठकले नेता मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटी सदस्य नियुक्त गरेको हो । न्यौपाने नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा गएका थिए। पछि फेरि एमालेमै फर्किएका हुन्।

प्रकाशित: १७ साउन २०८१ १६:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 3 =