पोखरामा कपास उद्योगमा आगलागी

हिमाल प्रेस १७ साउन २०८१ १३:०७
14
SHARES
पोखरामा कपास उद्योगमा आगलागी

पोखरा- पोखरा महानगरपालिका- ३, तेर्सापट्टीस्थित पश्चिमाञ्चल कपास उद्योगमा बिहीबार आगलागी भएको छ। आगलागीबाट कपास, मेसिन र अन्य सामाग्री गरी करिब २२ लाख रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

बिहान करिब ११ बजे सुरु भएको आगलागी विद्युत सर्ट भई लागेको हुन सक्ने प्रहरीको अनुमान छ। आगो नियन्त्रण लिन करिब डेढ घण्टा लागेको थियो। स्थानीयसहित जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले आगो नियन्त्रणमा लिएको सूचना अधिकारी वसन्तकुमार शर्माले जानकारी दिए। पोखराको लेकसाइडमा बुधबार बिहान एक डिपार्टमेन्टल स्टोलमा आगलागी हुँदा करिब डेढ करोडको क्षति भएको थियो।

प्रकाशित: १७ साउन २०८१ १३:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =