महिला प्रधानमन्त्री बनाउन चाहेको छु : ओली

हिमाल प्रेस ८ भदौ २०८१ १५:५९ | Saturday, August 24, 2024
महिला प्रधानमन्त्री बनाउन चाहेको छु : ओली

काठमाडौँ- प्रधामन्त्री केपी शर्मा ओलीले देशमा महिला प्रधानमन्त्री बनाउने आफ्नो सोच रहेको बताएका छन्। काठमाडौँमा शनिबार आयोजित काठमाडौँ युथ कन्क्लेभमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

महिला प्रधानमन्त्री बनाउने आफ्नो चाहना रहेको बताउँदै उनले त्यसका लागि अलिकति तयारी गर्नुपर्ने जिकिर गरे।

‘म महिला प्रधानमन्त्री बनाउन चाहन्छु, तर त्यसका लागि अलिकति तयारी गर्नुपर्छ। नेपालले महिला प्रधानमन्त्री कहिले पाउने?,’ प्रश्न गर्दै ओलीले भने,‘रियालिटीमा दुई महिना, तीन महिना, अर्को साल महिला प्रधानमन्त्री बनाइहाल्छु भन्न अलिकति मुश्किल हुनसक्छ। तर, छिट्टै बनाउने तयारीबारेमा सोचिरहेको छु।’

आफूले नै पहिलो महिला राष्ट्रपति, पहिलो महिला प्रधानन्यायाधीश, पहिलो महिला सभामुख, पहिलो महिला रक्षामन्त्री बनाएको र पछिल्लो समय महिला मुख्यसचिव बनाएको बताए।

‘अहिले मैले एउटा रुल लगाएको छु, विदेश जान अथवा कतै डेलिगेसन जाँदा महिला सामेल भएकै हुनुपर्छ, पुरुषमात्रैको डेलिगेसन एक जनामात्रै बोलाएको छ भने बेग्लै कुरा,’ प्रधानमन्त्री ओलीले भने,‘त्यो रुल अहिमे मैले सरकारको बनाएको छु, महिलाहरूका लागि सरकारले थुप्रै काम गरेको छ।’

ओलीले सबै क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता गराउने कुरामा आफ्नो महत्वपूर्ण भूमिका रहेको बताए।

प्रधानमन्त्री ओलीले अहिलको सरकारसँग आश गर्न र भर पर्न आग्रह गरे। उनले भने,‘अहिलेको सरकारसँग आश पनि गर्नुस्, भर पनि पर्नुस्। फरक पर्दैन, भर पर्नुपर्छ यो सरकारसँग। यो सरकार केही काम गर्नका लागि बनेको छ। म यो उमेरमा घस्रिनुपर्ने केही आवश्यकता थिएन।’

देशमा परिवर्तन ल्याइछोड्ने उद्देश्यका साथ आफू प्रधामन्त्री बनेको उनले बताए।

प्रकाशित: ८ भदौ २०८१ १५:५९ | Saturday, August 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast