नागरिक उड्डयन मन्त्रालयले वायु सेवा निगमका अध्यक्षलाई सोध्यो स्पष्टीकरण

हिमाल प्रेस १३ भदौ २०८१ २०:३६ | Thursday, August 29, 2024
नागरिक उड्डयन मन्त्रालयले वायु सेवा निगमका अध्यक्षलाई सोध्यो स्पष्टीकरण

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई स्पष्टीकरण सोधेको छ।

सेवा अवरूद्ध हुने गरी एकैपटक दुईवटै वाइड बडी जहाज सी–चेकका लागि पठाइएको सम्बन्धमा सरकारले निगमका अध्यक्ष अधिकारीलाई स्पष्टीकरण सोधेको हो।

सेवा अवरूद्ध हुने गरी दुवै वाइडबडीलाई सी–चेकका लागि पठाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निगमका अध्यक्ष अधिकारीलाई सात दिनको समयसीमा दिँदै स्पष्टीकरण सोधेका हुन्।

निगम नेतृत्वले नेपालको उपस्थिति कायम राख्दै सुरक्षित, मर्यादित, प्रतिस्पर्धी र मुनाफायोग् बनाउनुपर्ने भए पनि अध्यक्षको लापारबाही, अक्षमता र कमजोरीका कारण निगमको साख गुमेको मन्त्रालयले बताएको छ।

अध्यक्ष अधिकारीलाई सेवा अवरूद्ध हुने गरी एकैपटक दुइवटै वाइडबडी जहाज सी–चेकका लागि पठाइएको, सी–चेकका लागि निगमका प्राविधिक प्रतिनिधि पठाउँदा आवश्यक भिसा अवधि यकिन गरेर किन नपठाइएको, भीसा नवीकरण गरी निरन्तरता दिनु उपयुक्त हुनेमा त्यसो नगरी लापारबाहीपूर्वक निगमलाई अतिरिक्त वित्तीय दायित्व सिर्जना हुने गरी टोली पठाउनुपर्ने कारण, गत वर्ष निगमको दुबई स्टेशनका कर्मचारीले बैंक खाता विवरणबारे सामान्य जाँचबुझसमेत नगरी ह्याकरबाट ई–मेलमार्फत आएको विवरणअनुसार रकम भुक्तानी गरिदिँदा निगमले करिब दुई करोड नोक्सानी बेहोर्नुपरेको लगायतका ११ प्रश्नको वस्तुगत आधार, कारण र प्रमाणसहित स्पष्टीकरण पेश गर्न भनिएको छ।

प्रकाशित: १३ भदौ २०८१ २०:३६ | Thursday, August 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast